Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

१० दलको समर्थनले झनै चुनौती थपियो : प्रधानमन्त्री प्रचण्ड

१० दलको समर्थनले झनै चुनौती थपियो : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, पौष २६ २०७९

  • 265
    SHARES

  • १० दलको समर्थनले झनै चुनौती थपियो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुको विश्वासको मत र समर्थनले थप चुनौती थपिएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सबै दलहरुले विश्वासको मत दिन्छन् भन्ने आफूले नसोचेको बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक १० दलले विश्वासको मत दिने भएका छन्।प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग अपिल गरेको र त्यो सकारात्मक देखिएको विश्वास व्यक्‍त गर्नुभयो ।

    उहाँले सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले आफूलाई निक्कै गम्भीर बनाएको बताउनुभयो। आफूलाई अपार सफलता मिलेको बताउँदै प्रचण्डले आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौंला कि भन्ने प्रश्न उठेको बताउनुभयो।


    मंगलवार, पौष २६ २०७९०५:०१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij