Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

लाल आयोगको प्रतिवेदन सार्वजनिक र थारू राजबन्दी रिहा नभै सरकारमा जाँदैनौं : रञ्जिता श्रेष्ठ

लाल आयोगको प्रतिवेदन सार्वजनिक र थारू राजबन्दी रिहा नभै सरकारमा जाँदैनौं : रञ्जिता श्रेष्ठ

  • मंगलवार, पौष २६ २०७९

  • 284
    SHARES

  • लाल आयोगको प्रतिवेदन सार्वजनिक र थारू राजबन्दी रिहा नभै सरकारमा जाँदैनौं : रञ्जिता श्रेष्ठ

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनाका थारु राजबन्दी रिहा नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

    आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले आफ्नो पार्टी गठबन्धनमा सहभागी हुने तर राजबन्दीहरू रिहा हुनुपर्ने सर्त दोहोर्याउँदै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

    उहाँले भन्नुभयो 'हामी गठबन्धनमै सहभागी भइरहन चाहन्छौं । सुदूरपश्चिममा हाम्रो सरकार होस् । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुहोस्,' 

    आफ्नो पार्टीको संविधानप्रति असन्तुष्टि रहेको तर असहमति नभएको पनि उहाँको भनाइ थियो । मतदाताले आफूहरूलाई कारागारमा रहेका थारु राजबन्दीको रिहाइ नभई सरकारमा नजाने भन्दै खबरदारीसमेत गरेको उहाँले बताउनुभयो ।


    मंगलवार, पौष २६ २०७९०४:४५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij