Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

चित्रबहादुर केसीको टिप्पणी : प्रतिपक्षविहीन निरंकुश सरकार बन्यो

चित्रबहादुर केसीको टिप्पणी : प्रतिपक्षविहीन निरंकुश सरकार बन्यो

  • मंगलवार, पौष २६ २०७९

  • 380
    SHARES

  • चित्रबहादुर केसीको टिप्पणी : प्रतिपक्षविहीन निरंकुश सरकार बन्यो

    काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सरकार प्रतिपक्ष विहीन अवस्था बनेकोप्रति असन्तुष्ट व्यक्त गर्नुभएको छ ।
    प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उहाँले संसदीय व्यवस्थामा सरकार प्रतिपक्ष विहीन हुनु दुखद रहेको भन्दै उहाँले प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गरेपछि धेरै कुरा आएको बताउनु भयो ।

    संसद्‍मा सबैभन्दा ठूलो नेपाली कांग्रेसले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएकोप्रति लक्षित गर्दै नेता केसीले यस्तो टिप्पणी गर्नुभयो ।

    यस क्रममा उहाँले आफ्नो पार्टी जनमोर्चाले यो सरकारलाई समर्थन नदिएको बताउनुभयो । जनमोर्चासँगै नेमकिपाले पनि यो सरकारलाई विश्वासको मत दिएको छैन ।

    अध्यक्ष केसीले संसद्‍मा बलियो प्रतिपक्षी भएन भने सरकार निरंकुश हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो।


    मंगलवार, पौष २६ २०७९०४:२९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij