काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गुण र दोषका आधारमा विश्लेषण गरेर सरकारलाई विरोध र समर्थन गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा सभापति देउवाले संसद्मा कांग्रेसले आफू प्रतिपक्षी दलको रुपमा रहने निर्णय गरेको सुनाउँदै विरोधका लागि विरोध मात्रै नगरेर अवस्थाअनुसार समर्थन र विरोध गर्ने बताउनुभयो ।
उहाँले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउने अवस्था नरहने भन्दै दलहरूबीच सहकार्य र एकताको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उहाँले संसद्मा प्रतिपक्षी दलको उपस्थिति नभए सरकार र सत्ता पक्ष निरंकुश बन्ने र संसद् समेत कर्तव्यबाट विमुख हुन सक्ने बताउनुभयो ।