Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

देउवा नै संसद विघटनको गुरूजी हो : केपी ओली

देउवा नै संसद विघटनको गुरूजी हो : केपी ओली

  • मंगलवार, पौष २६ २०७९

  • 351
    SHARES

  • देउवा नै संसद विघटनको गुरूजी हो  : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवानै संसद विघटनको गुरू रहेको बताउनुभएको छ ।

    आज संसदमा बोल्दै ओलीले संसद विघटनको गुरू देउवा नै रहेको बताउनुभएको हो ।उहाँले राजनीतिक घटनाक्रमलाई आफू अनुकुल व्याख्या गर्न नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘१५ सालमा बनेको संसदलाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन। २०४८ को संसदलाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो म होइन। गुरूजी, आफूले कति पटक संसद विघटन गरियो। मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईंले होइन,’ ।

    संसद विघटन गरेर जनताका जाने काम प्रतिगमन नभएको उनले दोहोर्‍याउदै देउवाले त्यसबेला संसद विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको स्मरण गराउनुभयो ।

    यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै काँग्रेस सभापति देउवाले ओलीले संसदमा गरेको सम्बोधनप्रति ध्यानाकर्षण भएको बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि संविधानको रक्षाका लागि खरो रूपमा उभिने विश्वास रहेको बताउनुभयो ।


    मंगलवार, पौष २६ २०७९०२:४३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij