काठमाडौँ । नेपाली कांग्रेसले पनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सहमहामन्त्री महेन्द्र यादवले आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने, तर दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिनुभयो ।
सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ ।