काठमााडैं । प्रतिनिधिसभाको बैठक सरेको छ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।
‘दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको हो’, उहाँले भन्नुभयो ।
आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गरिरहेको छ।