Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

संघीय संसदको पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताको सम्बोधन, कसले के भने ? (खासखबर)

संघीय संसदको पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताको सम्बोधन, कसले के भने ? (खासखबर)

  • सोमवार, पौष २५ २०७९

  • 290
    SHARES

  • संघीय संसदको पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताको सम्बोधन, कसले के भने ? (खासखबर)

    काठमाडौं । संघीय संसदका दुवै सदनको पहिलो बैठकमा नवनियुक्त सांसदहरुले अबको काम गर्ने शैलीमा परिवर्तन हुनुपर्ने बताएका छन् । जनताले ठूलो आशा भरोसा गरेर सबैलाई समान आकारमा मत दिएको भन्दै सांसदहरुले अब भने सच्चिनुपर्नेमा जोड दिएका हुन् । लामो समय जगडिएर रहेका समस्याको निराकरणका लागि अब भने ढिलाइ गर्न नहुनेमा उनीहरुको एकमत रहेको छ । जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने÷नसक्ने परीक्षाको घडी रहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक भूगोल, पार्टीबाट आएको भएता पनि सबैका साझा मुद्धा नै रहेको बताउनुभयो ।

    संसदको पहिलो बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आज भन्दा १८ महिना पहिले अप्रत्याशित राजनीतिक घटनाको बीचमा आफू प्रधानमन्त्री भएको स्मरण गर्दै तीनै तहको सरकारको निर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भएकोप्रति खुसी व्यक्त गर्नुभयो । साथै उहाँले प्रधानमन्त्री प्रचण्डको कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सबै दलहरु मिलेर गएमात्रै लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । अहिले नै सरकार ढाल्ने र बनाउने खेलमा नलाग्न आग्रह गर्दै ओलीले अब पनि जनअपेक्षा अनुसार काम गर्न नसके ढिला हुने दाबी गर्नुभयो ।

    जनताको मत सबैलाई सचेत पार्नेगरी आएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ दललाई ढाडस र पुरानालाई सच्याउने बेला रहेको उल्लेख गर्नुभयो । साथै उहाँले सरकारको न्यूनतम साझा कार्यक्रमले जनता लक्षित भावनालाई सम्बोधन गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरुका सामू ठूला चुनौती रहेको उल्लेख गर्दै सबै चुनौतीलाई समेटेर समाधानको बाटो अंगाल्नुपर्नेमा जोड दिनुभयो ।

    आजको संसदमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नगरिक उन्मुक्ति पार्टी प्रतिपक्षीको बेञ्चमा बसेका थिए । भोलि मात्रै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

     


    सोमवार, पौष २५ २०७९०७:४६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij