काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली सिंगो सदनले आफूलाई विश्वासको मत दिने दाबी गर्नुभएको छ ।
सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भोली सिंगै हाउस विश्वासको मतको पक्षमा खडा हुने र कोही पनि विपक्षमा नरहने जिकिर गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले अहिले जनअभिमत अनुसारको सरकार बनेको बताउदै यो सरकारलाई सफल बनाउन सहयोग गर्न सरकारका सचिवहरूलाई अनुरोध समेत गर्नुभयो ।
प्रचण्डले प्रधानमन्त्री निरिह भएर बस्ने अवस्थाको कल्पना संविधानले नगरेको बताउदै सार्वजनिक साझा कार्यक्रम बेवारिसे हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। देश केहीँ अफ्ठ्यारोमा भए पनि देशको अर्थतन्त्र सम्हालिने ठाउँमा रहेको भन्दै यही सरकारले देशको मुहार फेर्नसक्ने दाबी गर्नुभयो ।