Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

अहिलेको स्थायी सरकार हो हल्लाको पछि नलागौं : केपी ओली

अहिलेको स्थायी सरकार हो हल्लाको पछि नलागौं : केपी ओली

  • सोमवार, पौष २५ २०७९

  • 366
    SHARES

  • अहिलेको स्थायी सरकार हो हल्लाको पछि नलागौं : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताउनुभएको छ । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उहाँले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न आग्रह गरे ।

    यो सरकार स्टेबल र इफेक्टिब सरकारको रुपमा रहने उहाँको जिकिर छ । उहाँले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै यो सरकार निकम्मा, निष्क्रिय, शिथिल र यथास्थितिमा रहने नभई स्थायी र प्रभावकारी भएको दावी गर्नुभयो ।

    सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि बताउनुभयो । उहाँले कसैले सरकार ढाल्छ कि भनेर सोच्न आवश्यक नरहेको बताउँदै प्रधानमन्त्रीलाई प्रतिनिधिसभाका करिब १८० सांसदको समर्थन रहेको दाबी गर्नुभयो ।

     


    सोमवार, पौष २५ २०७९०५:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij