Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङलगायतका साइट बन्द गर्न निर्देशन

क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङलगायतका साइट बन्द गर्न निर्देशन

  • सोमवार, पौष २५ २०७९

  • 469
    SHARES

  • क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङलगायतका साइट बन्द गर्न निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानुनी कामसँग जोडिएको वेबसाइट एप र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिएको छ ।

    नेपालका इन्टरनेट सेवा प्रदायकलाई एक निर्देशन जारी गर्दै आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई ‘ब्लक’ गर्न निर्देशन भनिएको हो । नेपालमा मौद्रिक उपकरणको रूपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी तथा नेटवर्किङ मार्केटिङलगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको बताउँदै प्राधिकरणले यस्ता साइटहरू ब्लक गर्न भनेको छ ।

    यस्ता भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी , अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको हो ।

    साथै प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ ।


    सोमवार, पौष २५ २०७९०५:०३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij