Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री कार्की र ३ मन्त्रीले शपथ लिए

प्रदेश १ का मुख्यमन्त्री कार्की र ३ मन्त्रीले शपथ लिए

  • सोमवार, पौष २५ २०७९

  • 273
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री कार्की र ३ मन्त्रीले शपथ लिए

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    कार्कीसँगै ३ जना मन्त्री पनि नियुक्त भएका छन् ।मन्त्रीहरुमा एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका हुन् ।

    विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन । उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।


    सोमवार, पौष २५ २०७९०३:४९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij