काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै आज नेपालले यो सरकारले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।
नेपालले भन्नुभयो,‘यो सरकारले जनपक्षीय र जनमैत्री कानुन निर्माणमा जोड दिनुपर्नेछ । नागरिकले राजनीतिक स्थायीत्वको अपेक्षा गरेका छन् । भ्रष्टाचार,दण्डहीनता बढेको छ । यसलाई निर्मुल पार्न जरुरी छ । ’
नेपालले सबै राजनीतिक दलहरुले गम्भिरतापूर्वक संविधान रलोकतान्त्रिक रक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। जनजीविकाको सवाल विकराल बनेको र सिंगो अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको भन्दै यसलाई हल गर्न सरकार जिम्मेवार बन्नुपर्ने नेपालको भनाइ छ ।
यस्तै उहाँले प्रधानमन्त्री प्रचण्डलाई विश्वाशको मत भने दिने संकेत गर्नुभयो ।