काठमाडौं ।गण्डकी प्रदेशसभाका सांसद राजीव गुरूङ अर्थात दीपक मनाङेले मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीलाई समर्थन गर्नुहुने भएको छ ।
आज खगराजलाई भेटेर फर्केपछि मनाङेले संघमा जे सुकै भए पनि आफूले एमालेलाई समर्थन गर्ने बताउनुभएको हो ।
मनाङबाट प्रदेश सभामा स्वतन्त्र उठेर निर्विरोध हुनुभएका मनाङे चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।
मनाङे अघिल्लो संसद कार्यकालमा एमाले र कांग्रेस दुबैको गठबन्धनमा सहभागी बनेर ३ पटक खेलकुद मन्त्री बन्नुभएको थियो । आज पनि उहाँले केन्द्रमा जेसुकै भए पनि गण्डकीमा एमालेलाई समर्थन गर्ने बताउनुभएको हो ।