Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनी कांग्रेससँगै प्रतिपक्षी बेञ्चमा

एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनी कांग्रेससँगै प्रतिपक्षी बेञ्चमा

  • सोमवार, पौष २५ २०७९

  • 348
    SHARES

  • एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनी कांग्रेससँगै प्रतिपक्षी बेञ्चमा

    काठमाडौं । संसदको पहिलो बैठकमा आज नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि कांग्रेससँगै प्रतिपक्षी बेञ्चमा बसेका छन् ।

    आज केही समय अगाडी सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सरकारको पहिलो संसद बैठकमा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका हुन् ।

    एकीकृत समाजवादीका १० सांसद छन् भने नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि रेशम चौधरीको रिहाई नभएसम्म सरकारमा नजाने बताएको छ ।

    यही कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी संसदको प्रतिपक्षमा बस्नुभएको हो भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि संसदको प्रतिपक्षको बेञ्चमा बस्नुभएको छ।


    सोमवार, पौष २५ २०७९०२:०२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij