Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

विविधताबीचको एकतारुपी संसद् विरलै देख्न पाइन्छ, सबैले गर्व गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

विविधताबीचको एकतारुपी संसद् विरलै देख्न पाइन्छ, सबैले गर्व गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • सोमवार, पौष २५ २०७९

  • 337
    SHARES

  • विविधताबीचको एकतारुपी संसद् विरलै देख्न पाइन्छ, सबैले गर्व गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसद्प्रति गर्व गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय अधिवेशनको पहिलो बैठकमा आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विविधताबीचको एकतारुपी संसद् विरलै देख्न पाउने भन्दै कुरा बताउनुभएको हो ।

    बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा विविधता नै नेपालको पहिचान र शक्ति भएको उहाँले बताउनुभयो । उहाँले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पनि आर्थिक समृद्धिका निम्ति पहल लिनुपर्ने उहाँले बताउनुभयो ।

    साझा उद्देश्य र कामका लागि सबै राजनीतिक दल, सांसदहरू एक ठाउँमा उभिएर सम्बोधनको प्रयास गर्नुपर्ने उहाँले बताउनुभयो ।सम्बोधनका क्रममा उहाँले सबै सांसदहरूलाई संसद् बैठकमा स्वागत गर्दै सबैको साझा प्रयासले नै नेपाल समृद्ध बन्ने बताउनुभयो ।


    सोमवार, पौष २५ २०७९०१:४६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij