Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नयाँ संसद्को पहिलो बैठक सुरू (लाइभ)

नयाँ संसद्को पहिलो बैठक सुरू (लाइभ)

  • सोमवार, पौष २५ २०७९

  • 333
    SHARES

  • नयाँ संसद्को पहिलो बैठक सुरू (लाइभ)

    काठमाडौं । नयाँ संसद्को पहिलो बैठक सुरू भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन बसेको हो ।

    बैठकमा प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

    प्रतिनिधिसभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नुका साथै सदस्यलाई स्वागत गर्नुभएको छ ।

    मंसिर ४ को निर्वाचनबाट प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ सांसद रहेका छन् ।

    यस्तै, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।


    सोमवार, पौष २५ २०७९०१:३३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij