Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यसकारण बनाए नेकपा प्रवक्ताले कोभिड–१९ स्वयंसेवा टिम

यसकारण बनाए नेकपा प्रवक्ताले कोभिड–१९ स्वयंसेवा टिम

  • आइतवार, भाद्र २८ २०७७

  • 754
    SHARES

  • यसकारण बनाए नेकपा प्रवक्ताले कोभिड–१९ स्वयंसेवा टिम

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ स्वयंसेवा टिम गठन गर्नुभएको छ । आज टिम गठन गर्दै श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

    सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको उहाँले बताउनुभयो ।

    श्रेष्ठको निजी सचिवालयअन्तर्गत गठित कोभिड–१९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिनेछ ।

    साथै, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमासमेत टिमले समन्वय गर्ने बताइएको छ ।


    आइतवार, भाद्र २८ २०७७०६:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij