Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

विवाद र त्तिक्तता मेटाउँदै शालीन बन्यो कांग्रेस, संसदमा बलियो प्रतिपक्षी बन्नुपर्नेमा जोड (खासखबर)

विवाद र त्तिक्तता मेटाउँदै शालीन बन्यो कांग्रेस, संसदमा बलियो प्रतिपक्षी बन्नुपर्नेमा जोड (खासखबर)

  • शनिवार, पौष २३ २०७९

  • 335
    SHARES

  • विवाद र त्तिक्तता मेटाउँदै शालीन बन्यो कांग्रेस, संसदमा बलियो प्रतिपक्षी बन्नुपर्नेमा जोड (खासखबर)

    काठमाडौं । पुस १० गतेपछि मुलुकमा भएको राजनीतिक परिवर्तनले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मात्रै बनाएन, केन्द्र हुँदै प्रदेशसम्मको सरकार पनि गुमाउनुपर्ने स्थितिमा पुर्‍याएको छ । अहिले समिक्षा भइरहँदा कसको कारणले सत्तापलट भएको हो सहजै रुपमा अनुमान लगाउन पनि सकिन्छ । नेतृत्व तहमा बसेकै कारण सभापति शेरबहादुर देउवाले यसको बढी हिस्सा लिनुपर्ने देखिन्छ । आज बसेको संसदीय दलको बैठकमा पनि निर्वाचन र सरकारबाट बाहिरिनुपर्ने परिस्थितिबारे चर्चा भएको छ ।

    कांग्रेसले अब बलियो प्रतिपक्षीका रुपमा संसदमा आवाज उठाउनुपर्ने विषयमा छलफल भएको छ । आजको बैठकमा सैद्धान्तिक विषयमाथि ठोस छलफल नभएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले लिन लागेको विश्वासको मतबारे केही धारणा बनाउनुपर्ने आवाज उठेको थियो । यद्यपि कांग्रेसले विश्वासको मत लिने दिन २६ गते बिहानै पुनः बैठक बसेर ठोस निर्णय लिनेछ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार विश्वासको मतको बारेमा चर्चा भन्दापनि कसरी बलियो प्रतिपक्षी बन्ने भन्ने विषयमा छलफल हुन जरुरी रहेको छ ।

    कांग्रेस संस्थापन र इत्तर पक्षका नेताहरुले आजको बैठक विवादरहित सम्पन्न गरेका छन् । संसदमै आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सांसद एनपी साउँद, प्रदीप पौडेलको भनाइ छ ।

    सांसद मोहन बस्नेतका अनुसार अहिले सत्तापलट हुँदा कांग्रेस प्रतिपक्षमा बस्नुपरेपनि यसले कुनै असर गरेको छैन । कांग्रेसको इतिहासमा यो पार्टीलाई जनताले पटकपटक ठूलो दल बनाएको र अन्य दलहरु गठबन्धन बिना अगाडि आउन नसकेको बस्नेतको भनाइ छ ।

    सरकारमा आएको फेरबदलका कारण कांग्रेसमा केही मतभेद सिर्जना पनि भएको छ । तर, आगामी गन्तव्यको बारेमा सबै चिन्तित रहेकोले छिट्टै हल निस्कने कांग्रेस नेताहरु नै बताउँछन् । कुनै पनि सरकारको कामलाई सफल, असफल बनाउन र गलत ठाउँमा खबरदारी गर्न बलियो प्रतिपक्षी आवश्यक पर्ने भएकोले कांग्रेसले यसमा गृहकार्य गर्न पनि जरुरी छ ।

     


    शनिवार, पौष २३ २०७९०७:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij