काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई सफल बनाउन लाग्न आग्रह गर्नुभएको छ। पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले सबै मिलेर यो सरकारलाई सफल बनाउन लाग्नुपर्ने भएकोले प्रडण्डलाई विशवासको मत दिन निर्देशन दिनुभयो ।
ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले खुद्रा खेल खेलिरहेको आरोप समेत लगाउँदै कांग्रेस अन्तरविरोधमा खेल्न चाहिरहेको टिप्पणी गर्नुभयो।
सांसदहरूले सुझबुझ पूर्ण व्यवहार गर्नुपर्ने र रिसाउन नहुने अनुचित कुरा बोल्ने छुट सांसदलाई नभएको बताउनुभयो। विश्वासको मत दिने दिन पनि समयमै उपस्थित हुन उहाँले एमाले सांसदहरुलाई निर्देशन दिनुभयो ।