Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

लोसपा संसदीय दलको बैठक बस्दै : प्रचण्डलाई विश्वासको मत दिन के गर्ला ?

लोसपा संसदीय दलको बैठक बस्दै : प्रचण्डलाई विश्वासको मत दिन के गर्ला ?

  • शनिवार, पौष २३ २०७९

  • 350
    SHARES

  • लोसपा संसदीय दलको बैठक बस्दै : प्रचण्डलाई विश्वासको मत दिन के गर्ला ?

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

    आज बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने बैठकले विश्वासको मत र सरकारमा सहभागीतालगाएका विषयमा ठोस निर्णय गर्ने तयारी छ। विश्वासको मतको विपक्षमा मत तान्नका लागि काँग्रेस सक्रिय भएको छ ।

    त्यसमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि सघाइरहनुभएको छ। यद्यपि संसदको मत सरकारको समर्थनमा जान्छ कि पक्षमा जान्छ त्यसको बारेमा लोसपा अहिले खुलिसकेको छैन।

    प्रधानमन्त्री प्रचण्डले संसदमा लिने विश्वासको मतका लागि पक्षमा मत हाल्ने कि विपक्षमा त्यसबारे संसदीय दलको बैठकले निर्णय गर्ने प्रतिनिधिसभाका सदस्य एवं लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो ।


    शनिवार, पौष २३ २०७९०२:२७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij