काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउनु भएको छ।
आज बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो।
उहाँले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको समेत बताउनुभयो। उहाँले शिक्षक अस्पताल आफुहरुकै पहलमा बन्न लागेको जिकिरसमेत गर्नुभयो।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा रहेको बताउनुभयो।