Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने नागरिकता विवादः सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद कायमै रहने

रवि लामिछाने नागरिकता विवादः सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद कायमै रहने

  • शुक्रवार, पौष २२ २०७९

  • 579
    SHARES

  • रवि लामिछाने नागरिकता विवादः सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद कायमै रहने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    संवैधानिक इजलासमा आज भएको सुनुवाईपछि अन्तरिम आदेश दिन नपर्ने भनिएको हो । रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उहाँको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

    सो रिटमाथि थप सुनुवाई लागि माघ ११ गतेको पेशी तोकिएको छ ।


    शुक्रवार, पौष २२ २०७९०५:४७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij