Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश लेख्न छलफलमा

रवि लामिछानेको मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश लेख्न छलफलमा

  • शुक्रवार, पौष २२ २०७९

  • 607
    SHARES

  • रवि लामिछानेको मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश लेख्न छलफलमा

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट सम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा मुद्दाको बहस भएको थियो। रिट निवेदक, सरकारी वकिल र रविका कानुन व्यवसायीले बहस गरेका छन्।

    रिट निवेदका पक्षबाट बहस गर्नेहरुले लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग गरेका छन्। रविले नागरिकता दुरुपयोग गरेको उनीहरूको दाबी छ। लामिछानेका कानुन व्यवसायीले कोही पनि राज्यविहीन हुन नसक्ने भएकाले रिट खारेज हुनुपर्ने जिकीर गरेका छन्।

    संवैधानिक इजलासले उहाँको मुद्दामा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा निर्णय सुनाउन दुई पक्षीय बहस गराएको हो।


    शुक्रवार, पौष २२ २०७९०४:४६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij