काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले वडा अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।
आज नगरपालिकाको १२औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उहाँले राजीनामा पत्र बुझाउनुभयो ।
महरा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । शुक्लफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले वडाध्यक्षले निर्वाचन आयोगमा राजीनामा बुझाउनुपर्ने भएपनि आफूलाई पत्र बुझाएको बताउनुभयो।
महराले सामाजिक सञ्जालमा वडा अध्यक्षबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।