Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको ९ गते

सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको ९ गते

  • शुक्रवार, पौष २२ २०७९

  • 327
    SHARES

  • सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको ९ गते

    काठमाडौं । प्रतिनिधि सभाको सभामुखको निर्वाचन आउँदो माघ ७ गते र उपसभामुखको ९ गते गर्ने तयारी गरिएको छ।

    आज बसेको सर्वदलीय बैठकमा उक्त मितिमा निर्वाचन गर्ने विषयमा समेत छलफल गरिएको बैठकमा सहभागी राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले बताउनुभयो। मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ। पहिलो बैठक सञ्चालनबारे संघीय संसद् भवन बानेश्वरमा आज सर्वदलीय बैठक भएको हो।

    सत्ता साझेदार दलमा सभामुख नेकपा एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी वा माओवादी केन्द्रले लिने तय भएको छ।

    पुस २६ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ।


    शुक्रवार, पौष २२ २०७९०३:३५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij