काठमाडौं । संसद भवन सिंहदबारमा सर्वदलिय बैठक सुरु भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि दलहरुको बैठक सुरु भएको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आजको बैठक बोलाउनु भएको हो ।
प्रतिनिधि सभाको पहिलो बैठक आगामी २५ पुसमा बस्दै छ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी पनि गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ ।