काठमाडौं। सरकारले हिजो बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वनजिक गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले आज हिजो बसेका बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।
हिजोको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तराष्ट्र्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, बैठकले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै कम्बोडीयामा आगलागीमा परी निधन भएका निराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । भने मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा तोयमा राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।