काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनु भएको छ। नेकपा(एकीकृत समाजवादी)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधि मण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने भन्दै आवश्यक सहयोग र सहजिकरण गर्न आग्रह गर्नुभयो ।सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको विद्यार्थी टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएको थियो ।
सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।