Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराको आह्वानमा सर्वदलीय बैठक बस्दै

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराको आह्वानमा सर्वदलीय बैठक बस्दै

  • शुक्रवार, पौष २२ २०७९

  • 325
    SHARES

  • प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराको आह्वानमा सर्वदलीय बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

    संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ ।

    बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

    त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।


    शुक्रवार, पौष २२ २०७९१०:१८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij