Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रालयसँग प्रधानमन्त्री कार्यालयको बिलौना : ३५ जना चालकलाई काम दिनु

गृहमन्त्रालयसँग प्रधानमन्त्री कार्यालयको बिलौना : ३५ जना चालकलाई काम दिनु

  • बिहिवार, पौष २१ २०७९

  • 262
    SHARES

  • गृहमन्त्रालयसँग प्रधानमन्त्री कार्यालयको बिलौना : ३५ जना चालकलाई काम दिनु

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृहमन्त्रालयलाई आग्रह गरेको छ।

    आज बिहान निर्देशनात्मक पत्र पठाउदै प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार लगायतका स्थानमा कार्यरत रहेका ति सवारी चालकलाई साविककै स्थानमा कामकाजको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

    गृह मन्त्रालयले अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक वा सहयोगीको रुपमा राखिएका प्रहरी कर्मचारीहरुलाई फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगरिदिन भनेको हो ।

    प्रधानमन्त्री कार्यालयले त्यस्ता सवारी चालकहरुको नामावली नै गृहमन्त्रालयमा पठाएको छ।गृह मन्त्रालयले पुस १२ मा कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

    सो निर्देशनपछि गृह मन्त्रालयमा कार्यरत चालकहरू पनि फिर्ता भएका छन् । गृह मन्त्रालयमा कार्यरत ३१ जना चालक २४ घण्टाभित्र प्रहरी प्रधान कार्यालय फिर्ता भएका थिए ।


    बिहिवार, पौष २१ २०७९०२:५२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij