काठमाडौँ ।सरकारको प्रवक्तामा अर्थमन्त्री विष्णु पौडेल तोकिएको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले सरकारको प्रवत्ताको जिम्मेवारी उपप्रधानमन्त्री समेत रहनुभएका अर्थमन्त्री पौडेललाई तोकेको हो ।
प्रचण्ड नेतृत्वको बर्तमान सरकारमा नेकपा एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेलले उपप्रधान तथा अर्थमन्त्रालय सम्हाल्नु भएको छ। यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।