काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउदा जनमतलाई कदर गर्ने गरी ल्याउने बताउनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको र छिट्टै सार्वजनिक गर्ने तयारी रहेको बताउनुभयो ।
आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्ने, शिक्षा र स्वाथ्य विधेयकमा साझा धारणा बनाउने, सेवा प्रवाहमा टाइमकार्ड लगाउने जस्ता विषयलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न चाहेको बताउदै उहाँले न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने बताउनुभयो ।