काठमाडौँ । नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएको छ ।
एकिकृत समाजवादका अध्यक्ष माधवकुमार नेपालले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेपछी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक वातावरण बनेको हो ।
प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ। आज बिहान भएको भएको भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो। जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताउनुभएको थियो ।
भेटवार्ताका क्रममा सरकारमा जाने नजानेबारे कुनै कुराकानी भने नभएको नेता नेपालले जानकारी दिनुभएको छ ।