काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक सरेको छ। निर्वाचन समीक्षाका लागि आगामी पुष २२ गतेका लागी बोलाइएको बैठक १ हप्ता सरेको हो ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै २२ गतेको बैठक २८ गतेका लागि सारिएको जानकारी दिएको छ।पुस २५ गते संसद्को पहिलो बैठकलाई मध्येनजर गर्दै पार्टीको बैठक सारिएको कांग्रेसले बताएको छ।
साथै कांग्रेसले प्रतिनिधि सभाको पहिलो बैठकको तयारी लागि २३ गते पार्टीको संसदीय दलको बैठक राखेको छ। संसद् बैठकको तयारी स्वरुप छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।