काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेसहित झन्डै १२० जना नेताहरुलाई कारबाही गर्न माग गरिएको छ।
हिजोबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आज चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन् ।नेता न्यौपाने र सचिव झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग उठेको स्रोतले जनाएको छ । पछिल्लो समय नेता न्यौपानेले एमालेसँग पार्टी एकता गर्नुपर्छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आउनुभएको छ ।
पार्टीका जिम्मेवार कतिपय अन्य नेताहरूले पनि आफू अनुकुल गुटबन्दी गरेकाले उनीहरूमाथि पनि कारबाही गर्नुपर्ने आवाज उठेको पोलिटव्युरो सदस्य दिलु पन्तले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । पन्तका अनुसार जारी बैठकले ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा जाने कि नजाने भन्ने विषयमा समेत निर्णय गर्दैछ ।