Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ : रामचन्द्र पौडेल

राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ : रामचन्द्र पौडेल

  • मंगलवार, पौष १९ २०७९

  • 412
    SHARES

  • राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ : रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक अस्थिरतातिर जान लागेको बताउनुभएको छ ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान जारी भएपछि राजनीतिक स्थायीत्वको आशा गरे पनि प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा स्थायीत्व हुन नसकेको भन्दै पौडेलले अहिले पनि मुलुक अस्थिरतातिर जान लागेको बताउनुभयो ।

    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा राजनीतिक स्थिरताकै लागि आन्दोलन गरेको भन्दै वरिष्ठ नेता पौडेलले स्थयीत्व दिने पटक पटकको प्रयास असफल भएको बताउनुभयो ।

    उहाँले अब राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्नुपर्ने बताउनुभएको छ । उहाले मुलुक राजनीतिक, आर्थिक, सामाजिक र मानवीय समस्याले घेरिएको भन्दै यो बेलामा राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने बताउनुभयो ।

    केही समय मुलुकका सबै राजनीतिक शक्ति मिलेर पटक पटकको राजनीतिक क्रान्तिबाट प्राप्त परिवर्तन र संविधानको रक्षा गर्नुपर्ने बरिष्ठ नेता पौडेलको भनाई छ ।


    मंगलवार, पौष १९ २०७९०१:५०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij