Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

यातायात सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

यातायात सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

  • मंगलवार, पौष १९ २०७९

  • 294
    SHARES

  • यातायात सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताउनु भएको छ ।

    आज एकान्तकुना र ठूलो भ¥याङस्थित यातायात कार्यालयको अनुगमन गरेपछि मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताउदै सुधारका कार्ययोजना बनाउदै गरेको बताउनुभयो ।

    उहाँले स्थलगत अवलोकन गरेर प्रत्यक्ष रुपमै समस्या जान्न अनुगमनमा आएको भन्दै समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    कतिपय समस्या समाधान गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउने उहाँको प्रतिबद्धता छ ।


    मंगलवार, पौष १९ २०७९०१:३६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij