Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ‘प्रचण्ड’ले भोली निर्देशनात्मक सम्बोधन गर्ने

प्रधानमन्त्री ‘प्रचण्ड’ले भोली निर्देशनात्मक सम्बोधन गर्ने

  • सोमवार, पौष १८ २०७९

  • 343
    SHARES

  • प्रधानमन्त्री ‘प्रचण्ड’ले भोली निर्देशनात्मक सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन भोली निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उहाँले आज छलफल गर्नुभएको थियो ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले सचिवहरुका कार्यविवरण सुनिसकेपछि भोली आवश्यक निर्देशन दिने तयारी गर्नुभएको हो । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ‘प्रचण्ड’ले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने बताउदै नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्नेसमेत घोषणा गर्नुभएको थियो ।

    राहदानी वितरण, नागरीकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने योजनाअनुसार आज पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गर्नुभएको हो ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए । केही सचिव र विभागका प्रमुखले आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ ।बाँकी रहेका सचिव र विभागको विवरण भोली प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

     


    सोमवार, पौष १८ २०७९०४:३९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij