काठमाडौं। नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ। हिजो बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थनको विषयमा धारणा बनाउन नसकेपछि आज पोलिटब्युरो बैठक बोलाइएको हो ।
अध्यक्ष माधवकुमार नेपाल र अर्का नेता झलनाथ खनाल सरकारबाट समर्थनको विषयमा औपचारिक प्रस्ताव नआएको भन्दै त्यसको पक्षमा नदेखिएपनि वरिष्ठ नेता मुकुन्द न्यौपानेसहितका नेताहरुले भने प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने र एमालेसँग एकता पनि गर्नुपर्ने बताउँदै आएका छन् ।
गत बुधबार प्रधानमन्त्री प्रचण्डले नै अध्यक्ष नेपालसँग भेट गरेर आफ्नो सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । नेपालले पनि सरकारलाई समर्थन गर्न कुनै समस्या नभएको बताउनुभएको थियो । पुरानो गठबन्धन तोडेर एमालेसहितका दलहरुसँग तालमेल नयाँ सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले पर्याप्त रुपमा छलफल गर्ने भन्दै अध्यक्ष नेपाल असन्तुष्ट हुनुहुन्छ ।