Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै

  • सोमवार, पौष १८ २०७९

  • 337
    SHARES

  • लुम्बिनी प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै
    काठमाडौं । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबार(आज) बस्दै छ ।
     
    प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।
     
    प्रदेशसभाको नवनिर्मित भवनमा दिउँसो १ बजे सुरु हुने अधिवेशनमा आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ ।
     
    प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
     
    दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव पुनले बताउनुभयो ।
     
    बैठकमा राजनीतिक दलहरूको तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची पनि रहेको उहाँले बताउनुभयो।
     
    लुम्बिनी प्रदेश सभामा यसपटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ ।
     
    पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।


    सोमवार, पौष १८ २०७९०९:४८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij