काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन पुग्नुभएको छ । प्रचण्ड यसपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला चितवन पुग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव–६० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन जानुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
हीरक महोत्सवमा समारोह उद्घाटन र सम्बोधन गरेपछि उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।