काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेलगत्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुग्नुभएको छ ।
आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेलगत्तै मन्त्रालयको भागबण्डाको विषयमा र समसामयीक राजनितिक विषयमा छलफल गर्न लामिछाने ओली निवास बालकोट पुग्नुभएको हो ।
सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे अझै सहमति हुन सकेको छैन। शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् ।
आजै बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउने विषयमा गृहमन्त्री लामिछानेसँग छलफल गर्नुभएको थियो ।