Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता

  • शनिवार, पौष १६ २०७९

  • 522
    SHARES

  • प्रधानमन्त्री  र गृहमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिवार आज बिहान प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

    हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखि स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    तराईमा शित लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवश्यक तयारी गर्ने विषयमा पनि छलफल भएको छ । भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त समेत गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताउनुभयो ।


    शनिवार, पौष १६ २०७९१०:४६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij