काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)नेपालले सरकारमा सहभागिताबारे चासो बढाएको छ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको जसपाले अहिलेसम्म सरकारमा सहभागी हुने नहुनेबारेमा टुङ्गो लगाउन सकेको छैन ।
अहिलेसम्म अन्यौलमा रहेको जसपाले आज सरकारमा सहभागी हुने विषयमा चासो बढाउदै छलफल गर्न राजनीतिक समितिको बैठक बोलाएको छ।जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवका अनुसार अब बस्ने राजनीतिक समितिको बैठकले सरकारमा सहभागिताबारे छलफल गरी टुङ्गोमा पुराउने छ।
यादवका अनुसार जसपाले सरकारलाई समर्थन गरिसकेकाले विश्वासको मत पनि दिने छ। अबको बैठकले सरकारमा कस्तो अवस्थामा सहभागी हुने र कुन हैसियत दाबी गर्ने भन्नेबारेमा समेत निर्णय गर्ने छ ।