Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सरुवा/बढुवाका लागि नेताको घर धाए ठिक हुँदैन : गृहमन्त्री

सरुवा/बढुवाका लागि नेताको घर धाए ठिक हुँदैन : गृहमन्त्री

  • शुक्रवार, पौष १५ २०७९

  • 382
    SHARES

  • सरुवा/बढुवाका लागि नेताको घर धाए ठिक हुँदैन : गृहमन्त्री

    काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ ।

    नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने बताउनुभयो । करिब २० मिनेट लिखित भाषण गरेका लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिनुभएको छ। ‘सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ’ गृहमन्त्रीले भन्नुभयो–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।’

    हिजोका दिनमा नेताको घरमा धाउनेहरूको पछि मूल्यांकन गरिने उल्लेख गर्दै लामिछानेले भन्नुभयो–‘नेताको घरमा जाने प्रथाको अत्य गर्नुपर्छ ।’ नेताका घरमा धाउने अधिकृतहरूलाई कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

    प्रहरीमा हाम्रा भन्ने दिन गएको उद्घोष गर्दै गृहमन्त्रीले भन्नुभयो–‘राम्राको दिन सुरु भयो ।’ नेताको घरमा धाउने चलनका विरुद्ध आक्रोशित देखिएका गृहमन्त्रीले दैलो चहार्नेहरूको सरुवा नै नगर्ने बताउनुभयो । सरुवा र बढुवामा अहिलेको मापदण्डलाई परिमार्जन गरिने उहाँको भनाइ छ ।

    गृह मन्त्रालय र मन्त्री निवासमा व्यक्तिगत काम लिएर नआउन उहाँले प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।


    शुक्रवार, पौष १५ २०७९०२:२८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij