Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माधव नेपाललाई गठबन्धनमा भित्र्याउन ओलीको लचकता

माधव नेपाललाई गठबन्धनमा भित्र्याउन ओलीको लचकता

  • शुक्रवार, पौष १५ २०७९

  • 490
    SHARES

  • माधव नेपाललाई गठबन्धनमा भित्र्याउन ओलीको लचकता

    काठमाडौं ।वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई पनि भित्र्याउन एमाले अध्यक्ष केपि शर्मा ओली लचक देखिनुभएको छ।

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा भएको छलफलमा एकीकृत समाजवादीलाई पनि भित्राउने विषयमा कुराकानी भएको थियो ।

    झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव ओलीसमक्ष राख्नुभएको थियो। प्रचण्डको सो प्रस्तावमा ओलीले लचकता देखाउनुभएको हो ।

    हिजो मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक नेतृत्वबीच सहमति जुटे प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सकिने बताउँदै सरकारमा सहभागी हुने विषयमा आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गर्नुभएको थियो ।

    प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नेपाललाई सत्तारुढ दलका अन्य नेताहरूले पनि आग्रह गर्दै आएका छन्।


    शुक्रवार, पौष १५ २०७९०१:३२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij