काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित हुनुभएको छ। कांग्रेसको मधेस प्रदेशका सभापति समेत रहनुभएका यादवले पूर्वमन्त्री रामसरोज यादवलाई पराजित गर्नुभएको हो ।
मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन्। जसमा निर्वाचित कृष्ण यादवले १८ र पराजित रामसरोज यादवले ४ मत ल्याएका कांग्रेस मधेस प्रदेशका सञ्चार विभाग प्रमुख नितेश गुप्ताले बताउनुभयो।
संस्थापन पक्षका प्रदेश पार्टी सभापति कृष्ण यादवले पार्टीको प्रदेश अधिवेशनमा पनि पूर्वमन्त्रीलाई सभापतिमा पराजित गर्नुभएको थियो। कृष्ण रौतहट क्षेत्र नम्बर १ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने राजसरोज धनुषा क्षेत्र नम्बर ३ को (१) बाट निर्वाचित हुनुभएका थियो।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि निकट रहनुभएका रामसरोज दुई वर्ष अगाडि केन्द्रमा कांग्रेस र माओवादीको गठबन्धन बन्दा मधेस प्रदेशमा भौतिक पूर्वाधार मन्त्री बन्नुभएको थियो।