Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गण्डकीका सांसदहरुले लिए शपथ

गण्डकीका सांसदहरुले लिए शपथ

  • बिहिवार, पौष १४ २०७९

  • 224
    SHARES

  • गण्डकीका सांसदहरुले लिए शपथ

    काठमाडौं । गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाउनुभएको हो। बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

    ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिनुभएको हो ।

    सपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।


    बिहिवार, पौष १४ २०७९०२:२१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij