Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुरक्षा निकायका पदाधिकारीलाई आफूखुसी नेताहरु भेट्न गृहको रोक

सुरक्षा निकायका पदाधिकारीलाई आफूखुसी नेताहरु भेट्न गृहको रोक

  • बिहिवार, पौष १४ २०७९

  • 349
    SHARES

  • सुरक्षा निकायका पदाधिकारीलाई आफूखुसी नेताहरु भेट्न गृहको रोक

    काठमाडौं । गृहमन्त्रालयले आफूखुसी रुपमा कुनै पनि दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ ।

    गृहले आज एक विज्ञप्ती जारी गर्दै सुरक्षा निकायका पदाधिकारीहरूलाई कुटनैतिक नियोग, राजनीतिक नेतृत्व लगाएतसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्णय गरिएको बताएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन सुरक्षाकर्मी पदाधिकारीले त्यस्ता भेटघाट गर्न नपाउने निर्देशन जारी गरिएको उल्लेख छ ।

    यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा आएको थिएन । विभागको अनुमति नलिइ र स्पष्ट प्रयोजनबिना भेटघाट गरेको पाइए अनुशासनसम्बन्धी कारबाही गरिने गृहमन्त्रालयले चेतावनीसमेत दिएको छ ।321776641_689085312931370_5120592525068847390_n.jpg


    बिहिवार, पौष १४ २०७९०१:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij